नेपालले स्वीकार गर्‍यो अमेरिकाले दिएको ८० अर्ब अनुदान सहयोग


काठमाडौँ, २ वैशाख । नेपाल सरकारले अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी) ले दिने करिब ८० अर्बको अनुदान सहायता लिने निर्णय गरेको छ ।

गत ३० चैत २०७८ का मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त कुरा बताएका हुन् ।

संचार तथा सूचना प्रविधि मन्त्री कार्कीले ६ सय ५९ मिलियन डलर अर्थात् ७९ अर्ब ७१ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

त्यसै गरी विश्व बैङ्क अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्