एमालेबाट मोरङमा तीन पालिका प्रमुखका उमेद्वार सर्वसम्मत


मोरङ, ३ वैशाख । नेकपा एमालेले मोरङका तीनवटा पालिकामा प्रमुखको लागि पार्टीकातर्फबाट सर्वसम्मत रूपमा उमेद्वार छनोट गरेको छ ।

१७ वटा पालिका रहेको मोरङका रङेली नगरपालिका, धनपालथान गाउँपालिका र जहदा गाउँपालिकामा सर्वसम्मत रूपमा प्रमुखको उम्मेदवार छनोट गरी सिफारिस गरेको हो ।

नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले रंगेलीमा दिलीपकुमार अग्रवाल बगडिया, धनपालथान गाउँपालिकामा मुसहरी मण्डल र जहदा गाउँपालिकामा जयनाथ गिरी कृष्ण सर्वसम्मत उम्मेदवार छनोट भएको बताए ।

यसैगरी अन्य पालिकामा आकाङ्क्षी बढी देखिएका कारण उम्मेदवार छनोट हुन नसकेको पनि सचिव खतिवडा बताउँछन् ।

मोरङका १५९ वडा मध्ये ५५ वडामा पनि सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार छनोट भएको नेकपा एमालेले जनाएको छ ।

सर्वसम्मत नेतृत्व छनोट गर्न आकाङ्क्षी बढी भएको पालिकामा उम्मेदवार छनोटका लागि एमाले मोरङले ६ वटा संयन्त्र निर्माण गरिएको छ । संयन्त्रले वैशाख ५ गते भित्र सहमति गरी उम्मेदवारको नाम जिल्लामा सिफारिस गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्