प्रधानमन्त्री ओली बाकुबाट स्वदेश फर्किए


काठमाडौँ , १० कात्तिक। आज बाकबाट प्रधानमन्त्री ओली स्वदेश फर्किएका छन् । असंलग्न राष्ट्रहरूको १८ औँ शिखर सम्मेलनमा सहभागी हुन अजरबैजानको बाकु पुगेका प्रधानमन्त्री ओली सम्मेलन सकाएर आज स्वदेश फर्किएका हुन ।

प्रधानमन्त्री ओली कतार एयरवेजको नियमित उडानमार्फत दोहा हुँदै आइतबार बिहान १०ः१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका अनुसार फर्केका छन् । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले सो कुरा जनाएका छन् ।

प्रधानमन्त्री ओलीले सम्मेलनको दौरानमा विभिन्न सत्रहरूमा सम्बोधन गर्नुका साथै विभिन्न देशका राष्ट्रध्यक्ष एवं राष्ट्र प्रमुखहरूसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली गत बिहीबार पत्नी राधिका शाक्यसँगै प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईलगायत २१ सदस्यीय टोलीको नेतृत्व गर्दै बाकु प्रस्थान गरेका थिए ।

नेपाललगायत विश्वका विभिन्न देशहरूले असंलग्न परराष्ट्रनीति अङ्गाल्दै आइरहेका आएका राष्ट्रहरु सङ्गठित हुँदै गतिविधि सञ्चालन गर्दै आइरहेकोमा यस वर्षको शिखर सम्मेलन पनि फलदायी भएको प्रतिक्रिया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्