खोर्साने महोत्सवमा आज मेलिना राईको प्रस्तुति रहने


सुन्दरहरैँचा, ३ वैशाख । सुन्दररहैँचामा जारी ‘दोस्रो खोर्साने महोत्सव २०७८’ को चौथो दिन गायिका मेलिना राईको प्रस्तुति रहने छ ।

चैत ३० गते समुद्घाटन भएको महोत्सवको चौथो दिन आज (शनिवार) गायिका राईको बेजोड प्रस्तुति रहने आयोजक संस्था सुन्दर खोर्साने युवा क्लबले जनाएको छ ।

स्थानीय पर्यटनको प्रवर्धन गर्ने उद्देश्यका साथ सुरु गरिएको महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिका साथमा मेलामा खाद्य परिकारका साथै विभिन्न स्टलहरूसमेत रहने मेला संयोजक सोमराज गिरीले बताए ।

वैशाख ११ गते सम्म चल्ने यो महोत्सवमा शान्ति सुरक्षाको राम्रो व्यवस्था गरिएकोले ढुक्क भएर आएर मेलाको रमाइलो लिन सुन्दर खोर्सानो क्लबका अध्यक्ष काजिहाङ लिम्बू आग्रह गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्