गठबन्धनमा पहिरो जान सुरु भइसकेको एमाले नेता ज्ञवालीको दाबी


काठमाडौँ, ३ वैशाख । नेकपा (एमाले) का नेता प्रदीप कुमार ज्ञवालीले गठबन्धनमा पहिरो जान सुरु भइसकेको दाबी गरेका छन् । एमाले चितवन–काठमाडौँ सम्पर्क मञ्चले आज (शनिवार) काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा पार्टीका उपमहासचिवसमेत रहेका नेता ज्ञवालीले उक्त धारणा व्यक्त गरेका हुन् ।

नेता ज्ञवालीले गठबन्धनमा भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले आफैँ अत्तालिएको आरोप पनि लाए ।

गठबन्धनका लागि नेपालगन्जमा जसपाले नमानेको, पर्साका काङ्ग्रेसहरू आफैँ असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउने वाला रहेको प्रसङ्ग उल्लेख गर्दै ज्ञवालीले यस्तो अवस्थामा सत्तारुढ दलहरूलाई बलियो शक्ति मान्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्