टेम्कैमैयुङमा एमालेबाट ध्रुवराज र रमा राई सर्वसम्मत उमेद्वार


भोजपुर, ५ वैशाख । आगामी स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)ले भोजपुरको टेम्कैमैयुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः ध्रुव राई र रमा राईलाई उमेद्वार बनाउने भएको छ ।

नेकपा एमाले गाउँ कमिटी टेम्केमैयुङ गाउँपालिकाको आइतवार बसेको बैठकले अध्यक्षमा ध्रुवराज राई र उपाध्यक्षमा रमा राईलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सिफारिसमा परेका ध्रुव बहालवाला गाउँपालिका अध्यक्ष हुन् भने रमा जिल्ला समन्वय समिति भोजपुरकी सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्