१८ वर्षपछि बेपत्ता आपागाँँईको अन्तिम संस्कार हुँदै


मोरङ, ५ वैशाख । मोरङमा बेपत्ता भएको १८ वर्ष पछि अन्तिम संस्कार गरिएको छ । दश वर्षे जनयुद्धमा राज्यद्वारा पारिएका विराटनगरका कुबेर आपागाँँईको १८ वर्षपछि अन्तिम संस्कार गरिएको हो ।

दश वर्षे जनयुद्धका क्रममा बेपत्ता पारिएका माओवादी नेता आपागाईं जीवित फर्कने सम्भावना सकिएको भन्दै परिवारले सांस्कृतिक परम्परा अनुसार अन्तिम संस्कार सुरु गरेको छ ।
परिवारले आइतवार विराटनगर ३ स्थित घरमा भेला भएर झापाको कन्काई माई नदीमा गई बेपत्ता भएका कुबेरको कुशको शव बनाएर धार्मिक तथा संस्कृति परम्परा अनुसार शतगत गरेको उनका दाजु हरि आपागाईंले जानकारी दिए ।

दाहसंस्कार पछि विराटनगर ३ स्थित घरमा उनका बुवा तुलसीप्रसाद आपागाईं कोरामा बसेका छन् ।

आपागाँँईको तत्कालीन राज्य पक्षले विराटनगरबाट पक्राउ गरेर २०६० साल असोज १० गतेदेखि बेपत्ता बनाइएको थियो । मोरङको उर्लाबारीमा २०३७ साल असार १ गते जन्मिएका उनी २०५४ सालदेखि माओवादी निकट अखिल क्रान्तिकारीमा सङ्गठित भएका थिए । जनयुद्धमा आवद्ध भएर भूमिगत भएका उनी तत्कालीन समयमा एरिया कमिटी सदस्य तथा मजदुर विशेष जिल्ला कमिटीका सचिवको जिम्मेवारीमा रहेर काम गर्दै गर्दा विराटनगरबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्