सुन्दररहैँचामा जारी ‘दोस्रो खोर्साने महोत्सव’ मा आज ज्योति मगर आउँदै


सुन्दरहरैँचा, ५ वैशाख । सुन्दररहैँचामा जारी ‘दोस्रो खोर्साने महोत्सव’ मा आज सातै दिन गायिका ज्योति मगर आउने भएकी छिन । चैत ३० गते समुद्घाटन भएको महोत्सवको सातै दिन आज (मङ्गलवार) गायिका मगरको प्रमुख प्रस्तुति रहने आयोजक संस्था सुन्दर खोर्साने युवा क्लबले जनाएको छ ।

मगरसँगै स्थानीय कलाकारको पनि प्रस्तुति रहने आयोजकले बताएका छन् । स्थानीय पर्यटनको प्रवर्धन गर्ने उद्देश्यका साथ सुरु गरिएको महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिका साथमा खाद्य परिकारका साथै विभिन्न स्टलहरूसमेत रहने मेला संयोजक सोमराज गिरीले बताए ।

सुन्दर खोर्सानो क्लबका अध्यक्ष काजिहाङ लिम्बू वैशाख ११ गते सम्म चल्ने यो महोत्सवमा शान्ति सुरक्षाको राम्रो व्यवस्था गरिएकोले ढुक्क भएर आएर मेलाको रमाइलो लिन आग्रह गर्दछन् । स्थानीयको सहयोगले मात्र महोत्सव सफल हुने क्लबका सचिव मिलन तामाङ बत्ताउँछन् ।

प्रतिक्रिया दिनुहोस्