अदालतको आदेश पछि नियमित काममा फर्किए गभर्नर अधिकारी


काठमाडौँ, ७ वैशाख । सर्वोच्च अदालतको आदेश पछि नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी आज (बुधवार) देखि नियमित काममा फर्किएका छन् ।
मङ्गलवार सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी भए पछि उनी नियमित काममा फर्किएका हुन् ।

न्यायाधीश फुयाँलद्वारा जारी इजलासको फैसलामा ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिन’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
मन्त्रिपरिषद् निर्णयअनुसार उनी २५ चैतबाट निलम्बनमा परेका थिए ।

काममा फर्किएका गभर्नर अधिकारीले अदालतको फैसलाले राष्ट्र बैङ्कलाई न्याय गरेको बताउँदै आफू पूर्वाग्रहबिना काम गर्ने प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्