माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु


मोरङ, ९ वैशाख । माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (शुक्रवार) बाट सुरु भएको छ । कोभिड–१९ का कारण भौतिक रूपमा एसइई परीक्षा नभई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा सञ्चालन गर्दै आएको यो परीक्षा दुई वर्ष पछि भौतिक उपस्थितिमै हुँदै गरेको हो ।

यस वर्षको एसइई परीक्षामा देशभरबाट पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी हुने परीक्षाबोर्डले जनाएको छ । यस पटकको परीक्षामा छात्राभन्दा छात्रको सङ्ख्या केही बढी रहेको तथ्याङ्कले देखाएको छ।

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यस वर्षको एसइई परीक्षाका लागि देशभरमा दुई हजार सात परीक्षा केन्द्र रहेको बताए ।

यस वर्ष बोर्डले मूल्याङ्कनको आधारसमेत परिवर्तन गरेको छ । यस पटकदेखि विद्यार्थीले ग्रेडिङमा मूल्याङ्कनका लागि न्यूनतम ३५ अङ्क ल्याउनु पर्नेछ । यसअघि ३० अङ्क ल्याउनेको ग्रेड डी प्लस हुने र माथिल्लो कक्षामा अध्ययनका लागि अधिकांश विषयमा अवसर पाउँथ्यो तर, यो वर्षदेखि ३५ अङ्कभन्दा कम आउनेको ग्रेडिङ नै नहुने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्