अहिले नेता सुध्रिएर देश बन्छ भन्नु राँगाको टाँङ मुनि बाल्टी थाप्नु सरह हो : लिङ्देन


बेलबारी, ९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका नेता सुध्रिएर देश बन्छ भनेर भोट हाल्नु भनेको राँगाको टाँग मुनि बाल्टी थाप्नु सरह भएको बताएका छन् । बेलबारीमा आज (शुक्रवार) आयोजित कार्यक्रमलाई संवोधन गर्दै नेता लिङ्देनले यस्तो धारणा राखेका हुन् ।

खुल्ला सभालाई संवोधन गर्ने क्रममा नेता लिङ्देनले देश दिनप्रतिदिन ऋणमा डुवेको, अहिलेका राजनीतिक पार्टी र तिनका नेताले देशलाई ऋणमा डुवाएको आरोप लगाए ।

स्थानीयको उल्लेख्य सहभागिता रहेको कार्यक्रमलाई संवोधन गर्दै उनले भने ‘अरू पार्टिलाई जनताले परीक्षण गरिसकेका छन् । सबै असफल भए । हामीलाई एक पटक अवसर दिनुहोस् ।’

नेता लिङ्देनले देश विगार्नमा राजनैतिक पार्टी र तिनका नेताहरू मात्र दोशी नभएर उनीहरूलाई भोट गरेर जिताउने जनतासमेत उत्तिकै दोशी रहेको बताए ।

भोटलाई र छोरीको विवाहसँग तुलना गर्दै नेता लिङ्देनले भने ‘छोरी दिँदा पटक पटक सोचेर दिइन्छ तर भोट दिँदा भने हजार चोटी सोचेर भोट दिनु पर्छ ।’

आफ्नो पार्टीले जितेको स्थानीयपालिकामा भष्ट्रचारमा शून्य सहनशिलताको नीति अपनाउने, शिक्षालाई सर्व सुलभ बनाउँदै प्राविधिक शिक्षामा जोड दिने प्रतिशद्धता जायर गरे ।

आफू पैसा कमाउन नभइ जनताको सेवा गर्न राजनीतिमा लागेको बताउँदै आफूबाट देश र जनतालाई कहिल्यै धोका नहुने बताए ।

राष्ट्रीय प्रजातन्त्र पार्टी नगर समिति बेलबारीको आयोजनामा सम्पन्न कार्यक्रममा  कार्यक्रममा ५ सय ५१ विभिन्न पार्टी परित्याग गरेर राप्रपामा प्रवेश गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष नगेन्द्र कार्कीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्