गठबन्धनलाई निर्वाचन आयोगले नचिन्ने प्रमुख आयुक्त थपलियाको भनाइ


काठमाडौँ, १० वैशाख । गठबन्धनलाई निर्वाचन आयोगले नचिन्ने प्रमुख आयुक्त थपलियाले बताएका छन् । आज (शनिवार) आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तो बताएका हुन् ।

पत्रकार सम्मेलनमा थपलियाले ‘गठबन्धन’ शब्द आयोगको कानुनमा नभएकाले जुन चिह्नबाट उम्मेदवारी दिइन्छ सो उम्मेदवार सोही दलको हुने बताए ।

स्थानीय तह निर्वाचन अन्तर्गत ६ वटा महानगरपालिकामा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने प्रमुख आयुक्त थपलियाले बताए ।

आचारसंहिता उल्लङ्घन गर्नेहरूलाई आयोगले स्पष्टीकरण सोधिरहेको, र उनीहरूको जवाफ पछि कारबाही कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए ।

प्रमुख आयुक्त थपलियाले राजनीतिक दलहरूलाई महिलाको उम्मेदवारी कम बढाउनेतिर लाग्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्