काठमाडौँको मेयरमा एमालेबाट केशव स्थापित, उपमेयरमा सुनिता डंगोल


काठमाडौँ, ११ वैशाख । नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलललाई उठाएको छ । एमालेको शनिवार बेलुका बसेको सचिवालय बैठकले स्थापित र डङ्गोललाई उठाउने निर्णय गरेको हो ।

मेयरको टिक पाएका स्थापित एमालेका पुराना नेता मानिन्छन् भने उपमेयरका टिकट पाएकी डंगोलले यसअघि स्वतन्त्र रूपमा मेयरमा उठ्ने घोषणा गर्दै प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेकी थिइन् । उनी सन् २०११ मा मिस नेवा समेत बनेकी थिइन् ।

उता सत्तारुढ गठबन्धनले भने काठमाडौँको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । काँग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी सिंह नेता प्रकाशमान सिंहकी पत्नीसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्