‘दोस्रो खोर्साने महोत्सव’ मा आज विजय तामाङ ‘माइला’ आउने


सुन्दरहरैँचा, ११ वैशाख । सुन्दररहैँचामा जारी ‘दोस्रो खोर्साने महोत्सव’ मा आज १२ औँ दिन गायक विजय तामाङ आउने भएका छन् । चैत ३० गते समुद्घाटन भएको महोत्सवको १० औँ दिन आज ९आइतबार० गायक तामाङको प्रमुख प्रस्तुति रहने आयोजक संस्था सुन्दर खोर्साने युवा क्लबले जनाएको छ ।

शनिवार प्रमोद खरेलको प्रस्तुति थियो भने आज ‘माइला’ नामले चर्चित र्‍यापर गायक तामाङको प्रस्तुतिले युवाहरूको उल्लेख्य उपस्थिति रहने आयोजकले बताए । महोत्सवको अवधि थप दुई दिन बढेको आयोजकले जनाएको छ । वैशाख १३ गते सम्म महोत्सव चल्ने क्लबका सचिव मिलन तामाङले बताएका छन् ।

स्थानीय पर्यटनको प्रवर्धन गर्ने उद्देश्यका साथ सुरु गरिएको महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिका साथमा खाद्य परिकारका साथै विभिन्न स्टलहरूसमेत रहने मेला संयोजक सोमराज गिरीले बताए ।
सुन्दर खोर्सानो क्लबका अध्यक्ष काजिहाङ लिम्बू, महोत्सवमा शान्ति सुरक्षाको राम्रो व्यवस्था गरिएकोले ढुक्क भएर आएर मेलाको रमाइलो लिन आग्रह गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्