एमाले सुन्दरहरैँचाद्वारा १० वटा वडामा उमेद्वारको टुङ्गो


मोरङ, ११ वैशाख । स्थानीय तहको निर्वाचनको लागि एमालेले सुन्दरहरैँचाका १० वटा वडामा आफ्नो उमेद्वारको टुङ्गो लगाएको छ । नगर कमिटीको बैठकले वडा नम्बर १ र ७ बाहेकका बाँकी १० वटा वडामा उमेद्वारको टुङ्गो लगाएको हो ।

वडा नं १ र ७ मा भने सहमति जुटिनसकेको बताइएको छ । वडा नम्बर २ मा झरिलाल सरदार, वडा नं ३ मा विदुरप्रसाद ढुङ्गाना, वडा नं ४ मा नारायणप्रसाद श्रेष्ठ, वडा नं ५ मा गणेश चौधरी, वडा नं ६ मा जीवनकुमार राई, वडा नं ८ मा खेमप्रसाद न्यौपाने, वडा नं ९ मा पुष्प भुजेल, वडा नं १० मा राजकुमार राई, वडा नं ११ बिसनलाल चौधरी र वडा नं १२ मा रोषनप्रसाद ढकाल रहेका छन् ।

वडा नम्बर ६, ८, ११ र १२ मा अहिलेकै वडाध्यक्षलाई उमेद्वार बनाइएको छ भने वडा नम्बर २ र ५ मा वडा सदस्यलाई वडाध्यक्ष पदमा उठाइएको छ । बाँकी ४ वटा वडामा नयाँ अनुहारले स्थान पाएका छन् । उता नगरप्रमुख र उपप्रमुखको पनि पार्टीले यस अघि नै टुङ्गो लागिसकेको छ । नगरप्रमुखमा केदार गुरागाईँ र उपप्रमुखमा अकली चौधरीको रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्