एमालेले लेटाङको प्रमुख, उपप्रमुखसहित सबै वडाध्यक्षमा टुङ्गो


मोरङ, १२ वैशाख । नेकपा एमालेले मोरङको लेटाङ नगरपालिकाको प्रमुखमा भूपेन्द्र लावती र उपप्रमुखमा कृष्णकुमारी निरौला पोखरेललाई उमेद्वार बनाएको छ ।

नेकपा एमाले जिल्ला कमिटी मोरङको बैठकले नगर प्रमुखमा लावती र उपप्रमुखमा यस अघि पनि उपप्रमुख रहेकी निरौलालाई उमेद्वार बनाएको हो ।

यसै गरी नेकपा एमाले लेटाङले नगरका सबै वडाध्यक्षहरूको पनि टुङ्गो लगाएको छ । जसमध्ये वडा नम्बर १ मा विष्णुकुमार मगर, २ नं मा तेजप्रसाद तिमिल्सिना, ३ नं मा डम्बर राई, ४ नं मा रामकुमार श्रेष्ठ, ५ नं मा भूम सूर्य मगर, ६ नं मा पूर्णबहादुर तामाङ, ७ नं मा खगेन्द्र लिम्बू, ८ नं मा कृष्ण राई र ९ नं मा कृष्ण लुइँटेललाई उमेद्वार बनाएको छ ।

९ वटा वडा रहेको यस नगरपालिकामा वडा नं १, २, ५ र ९ मा भने हालकै वडा अध्यक्षले स्थान पाएका छन् भने बाँकी वडामा भने नयाँ अनुहार देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्