काँग्रेसबाट बेलबारीको प्रमुखमा महेन्द्र सुवेदी र उपप्रमुखमा नीतु थापा कोइरालाको उमेद्वारी दर्ता


बेलबारी, १२ वैशाख । नेपाली काँग्रेसबाट बेलबारी नगरपालिकाको प्रमुखमा महेन्द्र सुवेदी र उपप्रमुखमा नीतु थापा कोइरालाको उमेद्वारी दर्ता भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय बेलबारीमा आज (सोमवार) प्रमुखमा सुवेदी र कोइरालाको उमेद्वारी दर्ता भएको छ ।

नगर प्रमुखमा उमेद्वारी दिने महेन्द्र सुवेदी नेपाली काँग्रेस महासमिति सदस्य हुन् भने उपप्रमुखको उमेद्वारी दिने नितु थापा कोइराला नेपाली काँग्रेस नगर समिति बेलबारीका उपसभापति हुन् ।

प्रतिक्रिया दिनुहोस्