बेलबारीमा माओवादी केन्द्रको प्रमुख उपप्रमुखसहित ११ वटै वटा वडामा उमेद्वारी


बेलबारी, १३ वैशाख । नेकपा माओवादी केन्द्रले बेलबारी नगरपालिकामा प्रमुख उपप्रमुखसहित विभिन्न १० वटा वडामा अध्यक्षसहितको उमेद्वारी दर्ता गरेको छ । माओवादी केन्द्रले प्रमुखमा नगेन्द्र खडका र उपप्रमुखमा मन्दिरा थापालाई उमेद्वार बनाएको छ । खड्का यसअघि बेलबारी ९ का वडाध्यक्ष हुन् ।

पाँच दलीय गठबन्धन गर्ने तयारीमा रहे पनि सहमति हुन नसक्दा सबैले आ–आफ्नै पार्टीबाट उमेद्वारी दर्ता गरेका छन् ।

वैशाख १२ गते पार्टीले निर्वाचन कार्यालयमा पुगेर वडा नं १ को अध्यक्षमा नवराज राई, २ को अध्यक्षमा प्रकाश चौहान, ३ को अध्यक्षमा किशोर भण्डारी, ४ को अध्यक्षमा रामकुमार राई, ५ को अध्यक्षमा डम्बर बराल, ६ को अध्यक्षमा केबल राई, ७ को अध्यक्षमा बिन्देश चौधरी, ८ को अध्यक्षमा प्रभाकर राजवंशी, ९ को अध्यक्षमा गणेश अधिकारी, १० को अध्यक्षमा टङ्क विष्ट सहितको पुरै टिमको उमेद्वारी दर्ता गरेको छ ।

नेकासँग गठबन्धन गरेकोले माओवादी केन्द्रले वडा नं ११ मा भने एक जना सदस्यलाई मात्र उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्