ताप्लेजुङको एउटा वडामा अध्यक्षसहित एमालेका सबै उमेद्वार निर्विरोध


ताप्लेजुङ, १३ वैशाख । अरूतिर उमेद्वारी दर्ता सकेर दाबी विरोधको प्रक्रिया चल्नै लाग्दा ताप्लेजुङको एउटा वडामा भने अध्यक्षसहित चारै जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

दुई दिनसम्मको मनोनयन दर्ता कार्यक्रममा उनीहरूबाहेक कसैले मनोनयन दर्ता नगरेपछि यो टिम निर्विरोध रूपमा निर्वाचित भएको हो ।

यसरी निर्विरोध रूपमा निर्वाचित हुने वडामा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ रहेको छ । यस वडामा छेतेन शेर्पाको पुरै टिम निर्विरोध निर्वाचित भएको छ । वडा अध्यक्षसहितले पुरै टिम नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट उमेद्वारी दिएका थिए ।

निर्विरोध रूपमा निर्वाचित हुने अन्य वडा सदस्यहरूमा टासी शेर्पा, वाङग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्बाहाम्फे विक रहेका छन् ।
तर निर्वाचन आयोगले भने यसलाई पुष्टि गर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्