सुन्दरहरैँचामा एमालेले प्रमुखमा केदार गुरागाईँ र उपप्रमुखमा अकली देवी चौधरीको उमेद्वारी


मोरङ, १३ वैशाख । नेकपा एमालेबाट सुन्दरहरैँचाको प्रमुखमा केदार गुरागाईँ र उपप्रमुखमा अकलीदेवी चौधरीले उमेद्वारी दर्ता गरेका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेका १२ गते निर्वाचन आयोगको कार्यालयमा पुगेर गुरागाईँ र चौधरीसहित पुरै टिमले उमेद्वारी गराएको हो ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम् प्रदेश सांसद राजकुमार ओझा, प्रदेश कमिटी सदस्य सुरेन्द्रबहादुर थापा पनि नगरप्रमुखका लागि सिफारिसमा परेका थिए । तर पार्टीले गुरागाईँलाई टिक दिए पछि उनीहरूले सहज रूपमा लिँदै पार्टीको उमेद्वारलाई जिताउन एकजुट भएर लाग्ने बताएका छन् ।

सुन्दररहैँचा नगरपालिकाका १२ वटै वडाको अध्यक्ष तथा सदस्य पदको उमेद्वारी दर्ता भएको छ ।

वडा नंं १ मा इन्द्रप्रसाद भट्टराई, २ मा झरीलाल सरदार, ३ मा विदुर ढुङ्गाना, ४ मा नारायणप्रसाद श्रेष्ठ, ५ मा गणेश चौधरी, ६ मा जीवन राई, ७ मा पोष्टकुमार श्रेष्ठ, ८ मा खेमप्रसाद न्यौपाने, ९ मा पुष्पबहादुर भुजेल, १० मा राजकुमार राई, ११ मा विशनलाल चौधरी र १२ मा रोशनप्रसाद ढकालले मनोनयन दर्ता भएको छ ।

मनोनयन दर्ताका लागि एमालेका उम्मेदवार बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्