बेलबारीमा एमालेका प्रमुख र उपप्रमुखसहित ११ वटै वडा अध्यक्षका उमेद्वारहरु (नामावलीसहित)


बेलबारी, १४ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । सत्ता धारी पार्टीहरू गठबन्धनमै रुमल्लिइरहेको बेलामा नेकपा एमालेले भने चुनाव प्रचार प्रसारलाई तीव्र बनाएको छ । पार्टीबाट उमेद्वारी दर्ता गराएकाहरू जनताका घरदैलोमा पुगिरहेका छन् ।

बेलबारी नगरपालिकामा नेकपा एमालेले नगर प्रमुखमा डिपी राई र उपप्रमुखमा तिलकुमारी न्यौपाने (तिला लेकाली)लाई उमेद्वार बनाएको छ ।

त्यस्तै ११ वटा वडा भएको बेलबारी नगरपालिकामा नेकपा एमाले वडा नम्बर १ मा चक्र खुलाल, २ मा कृष्ण गुरुङ, ३ मा योगेन्द्र सुवेदी, ४ मा सुजित बस्नेत, ५ मा डिल्लीबहादुर कटुवाल, ६ मा उदयबहादुर राई, ७ मा सुनिता चौधरी, ८ मा पतिराम थापा मगर, ९ मा सत्यनारायण राजवंशी, १० मा अशोक कुमार गुरुङ (शङ्कर) र ११ मा यमबहादुर पोखरेल (राजन)लाई उमेद्वार बनाएको छ ।

११ वडामध्ये १, ३, ६ र ११ मा पुरानै वडा अध्यक्ष दोहोरिएका छन् भने वडा नं ७ मा निवर्तमान वडा सदस्यलाई वडा अध्यक्षको उमेद्वार बनाइएको छ । बाँकी ६ वटा वडामा भने नयाँ अनुहार आएका छन् ।

प्रतिक्रिया दिनुहोस्