बागी उम्मेदवारी फिर्ता गराउने गठबन्धनको निर्णय


काठमाडौँ, १४ वैशाख । पाँच दलीय गठबन्धनको बैठकले बागी उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी थिए । उक्त बैठकले सात बुँदे सहमतिअनुसार ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत दर्ता भएका उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने निर्णय गरेको छ ।

बैठकले त्यसबाहेक गठबन्धन दलका सदस्यले स्वतन्त्र हैसियतमा दिएको उम्मेदवारी पनि फिर्ता गर्ने निर्णय गरेको छ । यसरी स्वतन्त्र रूपमा दिएका उमेद्वारी भने सम्बन्धित दलले फिर्ता गराउन पहल गर्नु पर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्