दोस्रो खोर्साने महोत्सवको समापन


सुन्दरहरैँचा, १ चैत । सुन्दरहरैँचामा जारी दोस्रो खोर्साने महोत्सवको समापन गरिएको छ । चैत्र ३० गते सुरु भएको महोत्सवको एक कार्यक्रकाबिच समापन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद राजकुमार ओझाले व्यवसाय नै मन्दी भइरहेको बेलामा आयोजना गरिएका मेलाले कारोबार चलायमान गर्न सहयोग पुगेको भन्दै आयोजकलाई बधाइसमेत दिए ।

पूर्व उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीसमेत रहेका सांसद ओझाले राम्रो उद्देश्यले थालिएको काममा आफ्नो सधैँ सहयोग रहने बताए ।

कार्यक्रममा क्लबका सल्लाहकार वासुदेव बराल, सुन्दरहरैँचा नगरपालिका वडा अध्यक्ष राजेश थापाले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा सुन्दरहरैँचा नगरपालिका कार्यपालिका सदस्य भक्त किरण राई, किरात याक्थुङ्लुङ का अध्यक्ष खगेन्द्र थलङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा खेलाडीहरु डगेन राई र महेन्द्र कार्कीका साथै महोत्सवमा योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा तथा संस्थाहरूलाई सम्मान गरिएको थियो ।

स्थानीय पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको सुन्दरहरैँचामा खोर्सानो महोत्सव लाग्ने भएको छ । आयोजकले आज खोर्सानेमा पत्रकार सम्मेलनको जानकारी गराइएको हो ।

दोस्रो खोर्साने महोत्सवमा समापनको दिन गायिका इन्दिरा जोशीको प्रस्तुति रहेको थियो । गायिका जोशीका अतिरिक्त स्थानीय कलाकारहरुकोसमेत प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्