काँग्रेसबाट बागी उमेद्वारी दिएका धिमाल र गौतमले पाए चुनाव चिन्ह


बेलबारी, १७ वैशाख । पार्टीले टिकट नदिए स्वतन्त्र रूपमा उमेद्वारी दिएका बेलबारीका रुक्मिणी धिमाल र धनपति गौतमले चुनाव चिन्ह पाएका छन् । नेपाली काँग्रेसबाट टिकट नपाए पछि धिमालले स्वतन्त्र रूपमा उपप्रमुखमा र गौतमले वडा अध्यक्षका रूपमा उम्मेदवारी दिएका हुन्

उपप्रमुख पदमा स्वतन्त्र उमेद्वारी दिएकी धिमालले ‘पुतली’ र वडा अध्यक्षमा उमेद्वारी दिएका गौतमले हाँस चिन्ह पाएका छन् । शनिवार उनीहरूले आआफ्नो चुनाव चिन्ह पाएका हुन् ।

नेपाली काँग्रेसकी महासमिति सदस्यसमेत रहेकी धिमाल २०७४ सालको स्थानीय निर्वाचनमा उपप्रमुख पदमा पराजित भएकी थिइन् भने गौतम बेलबारी नगरपालिका वडा नं ८ मा अध्यक्ष जितेका व्यक्ति हुन् ।

पार्टीमा देखिएको असन्तुष्टिले ठूलो क्षति पुग्ने स्वयम पार्टीका कार्यकर्ताले बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्