‘उद्यमशीलतामा मेरो जोड रहने छ’ : वडा अध्यक्षको उमेद्वार गोपाल


केराबारी, १७ वैशाख । नेपाली काँग्रेसबाट केराबारी ९ देवीझोडामा वडा अध्यक्षका उमेद्वारी दिएका गोपाल याक्खा आफ्नो जोड उद्यमशीलतामा रहेको बताउँछन् । केराबारी ९ देवीझोडा निवासी याखा राजनीतिमा प्रवेश गरेको छोटो अवधि मै लोकप्रिय नेताका रूपमा परिचय स्थापित गर्न सफल भएका छन् ।

नेपाली काँग्रेसका जिल्ला कमिटी सदस्यसमेत रहेका छन् । लामो समय सम्म वैदेशिक रोजगारका क्रममा दक्षिण कोरियाबाट फर्किएर पछिल्लो समय आफ्नै गाउँमा व्यवसायमा संलग्न रहेका उनी कसरी युवाहरूलाई उद्यमशीलतामा जोड्ने भन्नेमा आफ्नो ध्यान रहेको बताउँछन् ।

विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै व्यवसायमै रमाउँदै आएका उनी एक सफल व्यवसायी पनि हुन् । उनले केराबारी ९ कै ६० जना स्थानीयलाई रोजगारसमेत दिँदै आएका छन् । उद्यमशीलता विश्वास राख्ने याक्खाले विजय पछि पनि यही विषयमा जोड दिने बताउँछन् । उनले केराबारी ९ मा रहेका तीनवटै विद्यालयमा अक्षयकोषको स्थापना गरेर आफूलाई शिक्षा प्रेमीको रूपमा चिनाउन सफल भएका छन् ।

सबैसँग मिलजुल गर्न रुचाउने, सहयोगी याखा आफूले एउटा पार्टीको चुनाव चिन्नबाट उमेद्वारी दिए पनि वडा अध्यक्षको रूपमा विजयी भए पछि सबैलाई समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जायर गर्छन् । उनी भन्छन् – म अहिले नेपाली काँग्रेसबाट उठे पनि मेरो भूमिका भने समन्वयकारी रहने छ । वडाका सम्पूर्ण राजनैतिक पार्टी, सङ्घ संस्था तथा विज्ञहरूको सल्लाह र सुझावका आधारमा अघि बढ्छु ।“

प्रतिक्रिया दिनुहोस्