‘गठबन्धनलाई क्लीन स्वीप गरेर जाने छौँ’ : भानुभक्त ढकाल


सुन्दरहरैचा, १८ वैशाख । मोरङ क्षेत्र नम्बर ३ का सांसद तथा पूर्व मन्त्री भानुभक्त ढकालले गठबन्धनलाई क्लीन स्वीप गरेर जाने बताएका छन् । आइतबार सुन्दरहरैंचाको खोर्सानेमा भएको र्‍यालीको कोणसभालाई सम्बोधन गर्दै ढकालले एमालेको जित सुनिश्चित रहेको बताएका हुन ।

उक्त कार्यक्रममा उनले भने, ‘हामी प्रमुख र उपप्रमुख पद मात्रै जित्दैनौँ, यो नगरमा विपक्षी र गठबन्धनलाई क्लीन स्वीप गरेर जान्छौँ । अहिले एमाले बलियो र एकताबद्ध भएकाले जनताको आकर्षण पनि यही पार्टीमा छ ।’

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको तयारीमा सबै पार्टीका उमेद्वार घरदैलो कार्यक्रम गरिरहेका छन् । सोही क्रममा नेकपा एमाले पनि सुन्दरहरैचामा प्रचारप्रसार तथा घरदैलो कार्यक्रमलाई तीव्र बनाएको छ ।

एमालेबाट मेयरमा केदारप्रसाद गुरागाईँ र उपमेयरमा अकली चौधरी उम्मेद्वार रहेका छन् । गठबन्धनको तर्फबाट काँग्रेसका शिवप्रसाद ढकाल मेयरमा र उपमेयरमा नवराज चापागाईँ उम्मेद्वार रहेका छन् ।

नेकपा एमालेबाट सुन्दरहरैचा १० मा राजकुमार राईको वडा अध्यक्षको उम्मेदवारी रहेको छ । खुल्ला सदस्यमा ओम प्रसाद थपलिया, रमेश गौतम, महिला खुल्ला सदस्यमा बविता खापुङ र दलित महिला सदस्यमा गंगा माया वि।क रहेकी छिन ।

प्रतिक्रिया दिनुहोस्