राप्रपा बेलबारीमा प्रमुख र उपप्रमुखसहित १० वडामा प्रतिस्पर्धा गर्दै


बेलबारी, १८ वैशाख । स्थानीय निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बेलबारीमा प्रमुख र उपप्रमुखसहित १० वटा वडामा पार्टीकोतर्फबाट उमेद्वारी दिएको खडा गरेको छ । नगर प्रमुखमा खेमप्रसाद गौतम र उपप्रमुखमा पार्वता पौडेलीसहित १० वटा वडामा पार्टीले उमेद्वारी दिएको आज बेलबारीमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

बेलबारी –३ मा रहेको ड्रिमल्याण्ड फनमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुखका उमेद्वार खेमप्रसाद गौतमले पार्टीले बेलबारीमा नगरप्रमुख, उपप्रमुखसहित नगरपालिकाका १० वटा वडाका उमेद्वारी दिएको जानकारी गराए ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार राप्रपाले बेलबारी नगरपालिका वडा न १ रामप्यारी शाह, २ मा गोविन्द प्रसाद नेपाल, ३ मा राजकुमार प्रसाईँ, ४ मा नवीन कोइराला, ६ मा निशेचन गच्छदार, ७ मा चन्द्र प्रकाश कटुवाल, ८ मा हरि न्यौपाने, ९ मा साङ्गे तामाङ, १० मा नर बहादुर थापा र ११ मा शारदा गिरीलाई वडा अध्यक्षको रूपमा उठाएको छ ।

पत्रकार सम्मेलनमा राप्रपाका क्षेत्रीय अध्यक्ष बागदल अधिकारी, उपाध्यक्ष भोला गौतम लगायत विभिन्न नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्