‘समाजमा पुर्याएको योगदान नै मेरो विजयको आधार हो’ : वडा अध्यक्षका उमेद्वार भिमबहादुर कार्की


केराबारी, १८ वैशाख । केराबारी ९ देविझोडाबाट नेकपा एमालेबाट वडा अध्यक्षमा उमेद्वारी दिएका भिमबहादुर कार्की आफूले समाजमा पुर्याएको योगदानका  कारणले नै आफ्नो विजय पक्का भएको बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै आज ९शनिवार० वडा अध्यक्षका उमेद्वार कार्कीले यस्तो बिचार व्यक्त गरेका हुन् ।

नेकपा एमालेका गाउँपालिका सचिवसमेत रहेका कार्कीले उमेद्वार भएर भोट माग्ने क्रममा घरघरमा पुगिरहँदा जनतामा देखिएको उत्साहले नै आफ्नो जित निश्चित देखाएको बताउँछन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका कार्की पछिल्लो समय पार्टी राजनीतिसँगै समाजसेवामा सक्रिय रहँदै आएका छन् । आफूले समाजमा पुर्‍याएको योगदानले आफूलाई वडा अध्यक्षमा जिताउन मद्दत पु¥र्याउने उनी विश्वास गर्छन् । जनताका समस्या ज्युँका त्युँ रहेको बताउँदै वडा अध्यक्ष भएर आए पछि आफू जनताका ती समस्या समाधान गर्न लागिपर्ने बताउँछन् ।

निर्वाचित भए पछि आफूले वडाअध्यले पाउने भत्ताबापतको रकम जनताको सेवामा लगाउने, सके घरघरमा नसके वडाबाटै ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने उनको योजना रहेको छ । उनी ‘भन्छन् सके घरघरमै नसके पनि गाउँ गाउँमा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वापतको रकम वितरण गर्ने व्यवस्था गर्ने छु ।’

यस वडामा खोलाको मुख्य समस्या रहेको बताउँदै उनी भन्छन् ‘भलुवामा खाने पानीको समस्या छ । सिचाईको त्यतिकै समस्या रहेको छ । किसानले बेलामा बीउ विजन पाउन सकेका छैनन् । विजयी भएर आए पछि यी समस्याको समाधान गर्न मेरो प्रयत्न रहने छ ।’ स्वास्थ्य मानिसले राष्ट्र निर्माणमा विशेष योगदान दिने बताउँदै कार्की आफ्नो ध्यान वडाको विशेष गरेर स्वास्थ्य क्षेत्रको विकासमा रहने बताउँछन् ।

केराबारी आफैमा पर्यटकीय केन्द्र भएकोले यस वडामा भएका पर्यटकीय स्थलको विकासमा आफ्नो विशेष योगदान रहने बताउँछन् । उनले सिंहदेवी सामुदायिक वन, देविझोडा खानेपानी योजना लगायतका संस्थामा काम गरेका छन् । समाजसेवामा लामो समयदेखि लागेका कार्की आफूलाई गर्व गर्न लायक वडाअध्यको रूपमा उभ्याउने बताउँछन् । उनी भन्छन् म लामो समयदेखि राजनीतिसँगै समाजसेवामा सक्रिय रहँदै आएको छु । मैले यस वडाको समस्या राम्ररी अनुभूत गरेको छु । तसर्थ म गर्व गर्न लायक वडा अध्यक्ष भएर देखाउने छु । यो मेरो सबैलाई प्रतिबद्धता भयो ।’

प्रतिक्रिया दिनुहोस्