“वामपन्थी आन्दोलनका एक निष्ठावान् नेता” : डि.पि राई


बेलबारी, १९ वैशाख । नेकपा एमालेको तर्फबाट बेलबारी नगरपालिकाको मेयरमा डि.पि राईको उम्मेदवारी रहेको छ । राजनीतिमा डिपी राईका रूपमा परिचित दिलप्रसाद वामपन्थी आन्दोलनका एक निष्ठावान् र इमानदार नेताको रूपमा परिचित छन् । २०२१ सालमा सङ्खुवासभा जिल्लाको तत्कालीन मच्छे पोखरी गाविसमा जन्मिएका उनी दिलमाया राई नरबहादुर राईका जेष्ठ सुपुत्र हुन् ।

सङ्खुवासभाबाट २०३३ मा तराई झरेका उनी २०४३ सालदेखि बेलबारीमा स्थायी रूपमा बसोबास गर्दै आएका छन् । राई एक इमानदार, निष्ठावान् नेतामध्येमा पर्दछन् । २०३६ को विद्यार्थी राजनैतिकबाट प्रवेश गरेका उनले बेलबारी गाउँ कमिटी सचिव, इलाका सचिव, जिल्ला कमिटी सदस्य, जिल्ला कमिटी उपाध्यक्ष, अध्यक्ष हुँदै उनी प्रदेश कमिटी सचिवालय सदस्यसम्मको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

नेत्रहिन सङ्घको स्थापनामा प्रमुख भूमिका खेलेका राईको बेलबारीका विभिन्न संस्थाको स्थापनामा समेत मुख्य भूमिका रहेको छ । उनले नेकपा एमालेको केपी ओ।ली नेतृत्वको सरकारका पालामा गठन भएको सुकुम्वासी समस्या समाधान आयोगका मोरङ अध्यक्षसमेत बनेर काम गरे । स्नातकोत्तर सम्मको अध्ययन गरेका राई राजनीतिका अतिरिक्त सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय रहँदै आएका छन् । बेलबारी वडा नं. ३ मा रहेको गोदावरी विद्यालयको स्थापनामा उनको एक प्रमुख भूमिका रहेको छ । राजनैतिक तथा सामाजिक रूपमा एउटा विशिष्ट परिचय स्थापित गर्न सफल राई आफू कम्युनिष्ट पार्टी एमालेको एक निष्ठावान् कार्यकर्ता भएको बताउँदै राजनीतिलाई इमानदारीको कमी रहेको बत्ताउँछन् ।

आधारभूत जनताको समस्या नजिकबाट नियालेका राई जनताका समस्याहरू अझै पनि ज्युँका त्युँ रहेको बताउँदै ती समस्याको सम्बोधन गर्न आफ्नो जोड रहने बताउँछन् । लामो समयदेखि बेलबारीको शैक्षिक तथा राजनैतिक चेतना फैलाउने काम गरिरहेका राई बेलबारीलाई नजिकबाट नियालेको बताउँछन् । स्थानीय स्तरमा गुणस्तरीय शिक्षकको खाँचो रहेकोले आफूले शिक्षा क्षेत्रमा लगानी गरेको बत्ताउँछन् । सिद्धान्तलाई व्यवहारमा उतार्न नसक्दा तात्त्विक फरक आउन नसकेको बताउने उनी पहिला सिद्धान्तलाई व्यवहारमा बदल्नु पर्ने बिचार व्यक्त गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्