बेलबारी २ मा माओवादी केन्द्र र एकीकृत समाजवादीबिच गठबन्धन


बेलबारी,१९ वैशाख । बेलबारी २ मा माओवादी केन्द्र र एकीकृत समाजवादीबिच गठबन्धन भएको छ । बाँकी वडामा आ–आफ्नै तरिकाले उमेद्वारी दिए पनि वडा नं २ मा भने दुई दलबिच गठबन्धन भएको हो ।

वडा अध्यक्षसहित एक जना खुल्ला सदस्य गरी २ जना एकीकृत समाजवादी र महिला सदस्य, दलित महिला सदस्य र एक जना खुल्ला पुरुष सदस्य गरी ३ जना जना माओवादी केन्द्रको भागमा परेको छ ।

एकीकृत समाजवादीबाट वडा अध्यक्षमा खिनमाया थापा र खुल्ला पुरुष सदस्य गोपाल तामाङ रहेका छन् भने माओवादी केन्द्रबाट खुल्ला सदस्यमा नरहरि भण्डारी, दलित महिला सदस्यमा सजना विक, महिला सदस्य दिलु तामाङ रहेका छन् ।

यस अघि पाँच दलीय गठबन्धनले संयुक्त रूपमा उमेद्वारी दिने कुरा भए पनि सहमति हुन नसकेपछि आ–आफ्नै ढङ्गले उमेद्वारी दिएका थिए । अन्तिम अवस्थामा आएर माओवादी केन्द्र र समाजवादीबिच दुई नं वडामा मात्र गठबन्धन भएको हो ।

प्रतिक्रिया दिनुहोस्