हाम्रो सुनिश्चित भविष्य नेपालद्वारा मुसहर बस्तीमा बाख्रा र सुँगुरका पाठा वितरण


बेलबारी, १९ वैशाख । हाम्रो सुनिश्चित भविष्य नेपालले बेलबारी ५ मा रहेको ऋषिदेव बस्तीमा बाख्रा तथा सुँगुरका पाठी वितरण गरेको छ । ऋषिदेव समुदायको आर्थिक अवस्था सुधार गर्न सघाउने उद्देश्यले बिउपुजिको रूपमा बाख्रा र सुँगुरका पाठी वितरण गरेको संस्थाले जनाएको छ ।

संस्थाले बेलबारी नगरपालिकासँगको समन्वयमा ‘ऋषिदेव उत्थान कार्यक्रम’ अन्तर्गत मुसहर समुदायमा सामाजिक तथा आर्थिक विकास कार्यक्रम सञ्चालन गरिरहेको छ ।

संस्थाले महिलाहरूलाई सक्षम बनाउने उद्देश्यले प्रौढ शिक्षा र बालबालिकाको लागि बाल शिक्षासमेत सञ्चालन गर्दै आएको छ । बाख्रा तथा सुँगुरका पाठा वितरण कार्यक्रममा बेलबारी वडा न. ५ का वाडा अध्यक्ष विश्वबन्धु बस्नेत, वडा सचिव अभिषेक राई र बेलबारी नगरपालिकाका पसुपन्छी शाखा प्रमुख बाबुराम बस्नेत, हाम्रो सुनिश्चित भविष्य नेपालकी कार्यकारी अधिकृत सन्जु सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्