‘अबको हाम्रो जोड भनेको सामाजिक विकासमा रहने छ’ : योगेन्द्र सुवेदी


बेलबारी, २२ वैशाख । बेलबारी नगरपालिका वडा नं ३ का वडा अध्यक्षका उमेद्वार योगेन्द्र सुवेदी अबको जोड भनेको सामाजिक विकासमा रहने बताउँछन् । बेलबारी ३ नं वडाका नेकपा एमाले अध्यक्षका उमेद्वार सुवेदीले कोशी नेपाल मिडियासँगको कुराकानीमा अबको कार्यकालमा भौतिक पूर्वाधारका अतिरिक्त सामाजिक विकासमा विशेष जोड रहने बताउँछन् ।

निवर्तमान वडा अध्यक्षसमेत रहेको सुवेदी खोलाको तटबन्ध नै वडाको मुख्य समस्या रहेको बताउँछन् । अघिल्लो कार्यकालमा तटबन्धको काम सुरु भए पनि पूरा गर्न नसकिएको, अबको पाँच वर्षे कार्यकालमा भने यो समस्यालाई समाधान गर्न सकिने बताउँछन् ।उनी अबको पाँच वर्षे कार्यकालमा शिक्षा स्वास्थ्यका साथै रोजगारी सिर्जना गर्ने काममा लाग्ने बताउँछन् । तालिमका माध्यमबाट जनतामा सिपको विकास गरी सीप सिकेकालाई रोजगारी कोसमेत ग्यारेन्टी गर्ने उनको योजना रहेको छ ।

रोजगारसहितको तालिममा विशेष जोड दिइने, सुकुम्वासी समस्यालाई चाँडो समाधान गर्न नगरलाई झकझक्याउने बताउँछन् । वडा स्तरै कृषिका उत्पादित सामग्रीको विकेन्द्रीकरण निर्माण गर्ने, मुख्य बाटा र सहायक बाटालाई कालोपत्रे गर्ने, क्षमता विकासका तालिमहरूमा जोड दिने उनको भावी योजना रहेका छन् ।

लायन्स क्लब लगायतका विभिन्न सङ्घ संस्थामा काम गरेका, उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्षसमेत रहेका सुवेदी सूचनाको पहुँचलाई जनतासामु पुर्याउन वार्षिक रूपमा सार्वजनिक सुनुवाइ गर्ने, बजेट बनाउँदा स्थानीय राजनैतिक पार्टीका प्रतिनिधि तथा विषय विज्ञहरूसँग सल्लाह र सुझाव लिएर अघि बढ्ने, आर्थिक पारदर्शिता, सुशासनमा विशेष जोड रहने योजना रहेको बताउँछन् ।

कोभिडका कारणले जनताका आवश्यकता पूरा गर्न नसके पनि जनतालाई दिने सेवामा भने कुनै कमी नराखेको उनको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्