बग्दै गरेको आँसु रोक्ने ‘बा’ को दुई मिनेटको त्यो फोन


तारा पाराजुली –

बेलबारी, २६ वैशाख । तारा ! दुःखद खबर सुनेँ। दुःख नमान,धैर्य गर, जीवन अप्ठ्यारोहरूसँग जुध्नु पनि हो। आत्तिनुहुन्न, असहज भए पनि यी प्रक्रिया हुन् , सहनु पर्छ सामना गर्नुपर्छ, मन दरिलो बनाऊ।झयसरी लगभग दुई मिनेट जति उहाँ बोलिसक्दा मैले आफूलाई अलि शक्तिशाली जस्तो महसुस गरेँ। खै! कसरी ममा साहस थपियो । परिणाम मेरो पीडाले भरिएको एक भारी मन छिनमै अलि हल्का भएजस्तो लाग्यो।

वैशाख चौबीस मेरो जीवनको एउटा जटिल दिन । मेरो ओठबाट एउटा खुसीको जुन हराएको त्रासको आकाश खसेको दिन । संसारको सबैभन्दा अप्रिय शब्द लाग्छ मलाई ञटुहुरोझ शब्द अनि दुनियाँकै सबैभन्दा दर्दशील शब्द लाग्थ्यो मृत्यु । आमा हुनुहुन्छ माया दिने तर भर्खरै बुबाको प्रेम गुमाएकी म बुबाको मृत्युले बेचयन थिएँ ।

बुबाको अनुहारबाट बल्दै गरेको बत्ती एकाएक निभेपछि जीवनको एक पाटो छुटेको महसुस भयो । एकाएक पाइलाहरू गन्तव्यविहीन लुला भए । छातीभित्र एकतमासको उच्छ्वास हुर्किरह्यो ।अझ अन्तिम समय एक टक आँखा खोलेर बुबाले हामी परिवारको अनुहार हेरेर बेस्सरी रुनुभएको र संसार छाडिगएको भारी दृश्यले मलाई चिमोटिरह्यो।

घाट जाँदा काँधमा बोकेको बाँसबाट दायाँ बायाँ हात जाँदा घरीघरी बुबाको पछिल्लो पट्टि ढाडको करङ्हरुले छोएको त्यो नरमपनले झन् धेरै छोइरह्यो ।समाधि स्थलमा अन्तिम पटक बुबाको अनुहार हेरिरहँदा घरको उज्यालो निभेको आभास भयो।मुलखाँबो हल्लिएको छानो उडेको भान भइरह्यो। बलेको चिताबाट उठेको रापहरूले समेत बुबाको चित्र देखाइरह्यो । जल्दै गरेको चिताबाट उडेका खरानीका फूलहरूलाई हत्केलामा राखेर बुबाले औँला समातेर हिँडाएको तातेताते दिनहरू सम्झिएँ।अनि सोधिरह्यो एउटा पाको आकृतिले मलाई–कान्छी ! खाना खायौ ? शनिवार पनि घर बस्न पाउँदिनौ।

कहिलेकाहीँ त थकाइ मार्नु पर्छ,आफ्नो पनि ख्याल गर,कान्छी ! बाहिर तातो घाम छ छाता बोकेर हिँड,गर्मी हुन्छ शीतल पातलो लुगा लगाऊ,जाडो छ चिसो लाग्छ न्यानो लुगा लगाऊ,कपाल लामो भो झमेला हुन्छ छोटो बनाऊ, हिँड्न सजिलो हुने जुता लगाऊ,फजुल खर्च नगर बरु अलिअलि गर्दै जग्गामा लगानी गर–बुबाका यी वाणीहरू पटक पटक मेरो मानसपटलमा घुमिरहे।मौसम अनुसार मेरो लागि बुबाले दोहो¥याइरहने वाक्यहरू हुन् यी ।

उहीँ समय मेरो अचेतन मनले भन्दै थियो अब यी प्रेमिल वाणी कहिल्यै सुन्न पाउने छैन म।सिर्फ मौसम फेरिनेछ एक्लै एक्लै।घाम उदाउनेछ बुबालाई नभेटी फेरि अस्ताउनेछ।एउटा प्रेमको छहारी गुमाउनुपर्दा विक्षिप्त त छँदै थिएँ । बेचयनले समेत लखेटिइरह्यो।साथीभाइ आफन्तहरूले सम्झाइरहनुभयो नरुनू मन थाम्नू भनेर।आँखाबाट एउटा खहरे झरिरह्यो निरन्तर निरन्तर ।

सयौँ फोनहरू आए मोबाइलमा रिसिभ गरेर अवस्था बत्ताउने साहस थिएन मसँग। मेरो बुबाको सांसारिक यात्रा रोकिए पनि समय जबरजस्त आफ्नै गतिमा हिँडिरह्यो।तातो हावा मेरो मस्तिष्क हल्लाउँदै बहिरह्यो।मेरो काँधमा गर्हौ भारी राखिदिएर।छातीमाथि पीडाको एउटा कठोर पहाड बोकेर गहिरो साँझ आँखामा उदायो।यत्तिकैमा मोबाइलमा घण्टी बज्यो। रिसिभ गरेर बलैले बोलेँ । उताबाट आवाज आयो–ञतारा!दुःखद खबर सुनेँ।दुःख नमान,धैर्य गर,जीवन अप्ठ्यारो हरूसँग जुध्नु पनि हो, आत्तिनुहुन्न,असहज भए पनि यी जन्मपछिका अनिवार्य प्रक्रिया हुन् ,सहनु पर्छ सामना गर्नुपर्छ, मन दरिलो बनाऊ ।झ

यसरी लगभग दुई मिनेट जति उहाँ बोलिसक्दा मैले आफूलाई अलि सामान्य अवस्थामा पाएँ।अलि शक्तिशाली जस्तो महसुस गरेँ। खै ! कसरी ममा साहस थपियो। परिणाम मेरो पीडाले भरिएको एक भारी मन छिनमैअलि हल्का भएजस्तो लाग्यो।उहाँका हरेक अभिव्यक्तिमा जटिल परिस्थितिलाई सहज राख्ने शक्ति छ।

शब्द शब्दमा ऊर्जा छ । प्रेरणा छ भन्ने थप उदृत केवल ञबाझको दुई मिनेटको फोनले ग¥यो।अनि एउटा अग्लो आत्मबल पाएजस्तो लाग्यो।मनमनै सोचेँ–मैले मेरो घरको बा गुमाएँ अप्ठ्यारोमा सम्झिने विशाल हृदयका प्रेरणादायी व्यक्तित्व यो राष्ट्रका ञबाझअझै जीवित हुनुहुन्छ ।

आशीर्वाद र प्रेरणा पाइरहूँ । मनमनै कामना गरेँ । लाग्यो–बग्दैगरेको आँसु रोक्ने ञबाझको दुई मिनेटको त्यो फोन कुनै अलौकिक शक्ति जस्तो लाग्ने त्यो आवाज आदरणीय व्यक्तित्व नेकपा एमालेका पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्री के पि ञबाझको थियो।

प्रतिक्रिया दिनुहोस्