नगरको सर्वाङ्गीण विकासमा हाम्रो निरन्तर खबरदारी रहने छ : भूपाल बस्नेत


बेलबारी, २७ वैशाख । बेलबारी नगरपालिकाको प्रमुख पदका उम्मेदवार भूपाल बस्नेत नगरको सर्वाङ्गीण विकासमा आफू र आफ्नो पार्टीको निरन्तर रूपमा निगरानी गरिरहने बत्ताउँछन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका बस्नेतले सम्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

२०५७ सालदेखि नेकपा एमालेको पार्टीगत राजनीतिमा प्रवेश गरेका बस्नेत पछिल्लो समय नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् । २०५७ सालमा पार्टी सदस्यता प्राप्त गरेका उनले नेकपा एमालेको तत्कालीन क्षेत्रीय कमिटीको हुँदै अञ्चल कमिटी सहसंयोजक सम्मको जिम्मेवारी सम्हालेका थिए । विद्यार्थी राजनीतिमा समेत उनको महत्त्वपूर्ण भूमिका रहेको देखिन्छ ।

उनी सुकुना बहुमुखी क्याम्पसका पूर्व स्ववियू सभापतिसमेत हुन् । निरन्तर रूपमा सक्रिय राजनीतिमा रहेका बस्नेत हाल नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको विद्यार्थी इन्चार्ज र जिल्ला सचिवालय सदस्यसमेतको जिम्मेवारी सम्हालिरहेका छन् । उनी नेकपा एकीकृत समाजवादीका बेलबारी नगर अध्यक्ष समेत हुन् ।

बेलबारी २ मा रहेको शिक्षा सन्देश इङ्गलिस स्कुलका सञ्चालक, प्याब्सन बेलबारीका पूर्व अध्यक्ष लगायतका विभिन्न सङ्घ संस्थामा जिम्मेवारी सम्हालेका बस्नेतले हाल बेलबारीका लागि मेयर पदमा उम्मेदवारी दिएका छन् । यतिखेर आफूहरू भोट माग्ने क्रममा जनताका घरघरमा पुगिरहेको, यसरी घर दैलोमा पुग्दा जनताका आधारभूत आवश्यक पूरा नभएको, जनतामा राजनैतिक दलप्रति निराशा देखिएको, किसानका समस्या ज्युँका त्युँ रहेको, राज्यले आफ्नो दायित्व बहन गर्न नसकेको उनको बुझाइ रहेको छ ।

राज्यको स्रोत र साधनको सही रूपमा परिचालन हुन नसक्दा पनि जनता राजनैतिक पार्टप्रति वितृष्णा पैदा भएको उनी बताउँछन् । पछिल्लो समय जनप्रतिनिधि नै भ्रष्टाचार र अनियमिततामा लिप्त देखिएकोले जनप्रतिनिधिमूलक संस्थाप्रति पनि आलोचना बढिरहेको उनको बुझाइ रहेको छ । उनी राजनीति संस्कार नै विकृत भयकोले यसको परिवर्तनको खाँचो रहेको बताउँछन् ।

सत्ता प्राप्ति गर्नु मात्र ठुलो कुरा नभएको, राजनीति भनेको जनताको सेवा गर्नु हो भन्दै उनी आफूहरू सत्तामा नपुगे पनि जनताका सेवामा निरन्तर लागि रहने बताउँछन् । स्रोत र साधनलाई सही प्रयोग गर्न राजनैतिक संस्कारको कारण चुनौती रहेको, यी सबै विषयमा जोडिँदै खबरदारीमा रहने उनी बताउँछन् ।

स्थानीय निर्वाचनमा एकीकृतले कति पदमा विजय हासिल गर्ला भन्ने प्रश्नमा उनी आफूहरू यतिखेर सङ्गठन तयार गर्ने क्रममा रहेको, सङ्गठन पुरै तयार नभएकोले सबैसँग पुग्न नसके पनि पुगेको ठाउँका जनताबाट राम्रो प्रतिक्रिया पाएको बताउँछन् । तर यो निर्वाचनलाई आफूहरूले विजय र पराजय भन्दा पनि सङ्गठन बिस्तारको अवसर, जनतामा पार्टीका कुरा जनतामा पु¥याउने माध्यमको रूपमा लिएको बताउँछन् । उनी भन्छन् “यो निर्वाचनलाई हामीले सङ्गठन विस्तार र आफ्ना कुरा जनतामा राख्ने अवसरका रूपमा लिएका छौँ ।“

कम्युनिष्ट आन्दोलनमा विचलन आएको, एमालेले कम्युनिष्ट पार्टीको नेतृत्व गर्न नसकेको पछि आफूहरूले नयाँ पार्टीको निर्माण गरेको बताउँदै एकीकृत समाजवादीले मात्र सही अर्थमा कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न सक्ने दाबी गर्छन् । एकीकृत समाजवादीले बेलबारीमा मेयर र उपमेरसहित १९ जना उम्मेदवारी दिएको छ । बेलबारी १, २ र ५ नं वडामा पार्टीले वडा अध्यक्षमा उम्मेदवारी दिएको छ भने अन्य वडामा सदस्यमा उम्मेदवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्