युवाको नेतृत्वको आवश्यक भएकोले उम्मेदवारी दिएको हुँ : उपमेयरका उम्मेदवार अमिर मगर


बेलबारी, २७ वैशाख । बेलबारी नगरपालिकाका उपमेयरका उम्मेदवार अमिर मगर युवाहरूको नेतृत्व नै आजको आवश्यकता रहेका बताउँछन् । जनता समाजवादी पार्टी नेपालको तर्फबाट उपमेयरको उम्मेदवारी दिएका मगरले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

विभिन्न सङ्घ संस्थामा सफल नेतृत्व गरेका मगर हाल जसपा नेपालका नगर सचिवसमेत हुन् । राजनीतिसँग समाजसेवामा समेत सक्रिय रहेका मगर युवाको नेतृत्वको खाँचो महसुस गरेर नै आफ्नो उम्मेदवारी परेको बताउँछन् । ठुला राजनैतिक पार्टीका हालीमुहाली रहेको बेलामा तपाईँको जित कत्तिको सम्भव छ भन्ने सवालमा जित र हार भन्दा पनि एजेन्डा ठुलो कुरा भएको विचार व्यक्त गर्छन् ।

स्थानीय निर्वाचन विकासे चुनाव भएकोले यो निर्वाचनले पार्टीलाई नभएर व्यक्तिलाई हेर्ने, हाम्रोलाई नभएर राम्रोलाई हेर्नु पर्ने बताउँछन् । उनी पैसा, पावर, ठुला पार्टी र उमेर ढल्केकोलाई नभई राम्रो काम गर्ने इमानदार, योग्य र भिजन भएका युवालाई जनताले चुन्ने विचार व्यक्त गर्छन् ।

उनी भन्छन् “स्थानीय निर्वाचनमा हाम्रालाई भन्दा राम्रालाई मत दिएर जिताउन आवश्यक छ । योग्य, सक्षम र भिजन भएकाले मात्र सही अर्थमा नगरको विकास गर्न सक्छ । यस निर्वाचनमा हाम्राले भन्दा राम्रा मानिसले स्थान पाउने छन् भन्ने आसा लिएको छु ।“ राजनीति देश चलाउने मूल नीति भएको बताउँदै तर देश अहिले युवाहरूले विदेशबाट खुन पसिना साथै मृत्युसँग सम्झौता गरी पठाएको पैसा वा रेमिट्यान्सले चलेको बताउँछन् ।

युवाले विदेशबाट पैसा नपठाउनु हो भने देशमा भोकमारी लाग्न विचार व्यक्त गर्छन् । युवा देशको मेरुदण्ड हो। यसर्थ युवालाई खाली श्रम गर्न विदेशमा बेच्ने काम गरेर बुढा, भ्रष्ट र अयोग्यहरूले मात्र शासन गर्न दिनुहुने विचार व्यक्त गर्छन् ।

प्रतिक्रिया दिनुहोस्