म आफू पनि भ्रष्टाचार गर्दिन अरूलाई पनि भ्रष्टाचार गर्न दिन्न : गणेश अधिकारी


बेलबारी, २७ वैशाख । बेलबारी नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार गणेश अधिकारी भ्रष्टाचार तथा अनियमितताले प्रश्रय पाउनु नहुने बताउँछन् । माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्षका उम्मेदवार रहेका अधिकारीले सञ्चारकर्मीसँगको भेटमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

भ्रष्टाचार विरोधी पार्टी र त्यसको प्रतिनिधि भएका कारणले आफू सधैँ भ्रष्टाचार र अनियमितताको विपक्षमा रहने बताउँछन् । उनी भन्छन् “नेकपा माओवादी केन्द्रको एक इमानदार कार्यकर्ता हुँ । अनियमितता तथा भ्रष्टाचारको विरुद्धमा सधैँ रहने व्यक्ति भएकोले म आफू पनि भ्रष्टाचार गर्दिन अरूलाई पनि भ्रष्टाचार गर्न दिन्न ।” २०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा समेत माओवादी केन्द्रको पुरै प्यानल विजय भएको वडा हो ।

उनी अघिल्लो जनप्रतिनिधिले जनताका पक्षमा धेरै काम गरेको, ती अपुरा कामलाई पूरा गर्न आफू लागि पर्ने बताउँछन् । माओवादी केन्द्रलाई नै यहाँका जनताले किन भोट दिने भन्ने सवालमा वडा अध्यक्षका उम्मेदवार अधिकारी सङ्घीयताको पक्षधर पार्टी भएको, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, महिला तथा अल्पसङ्ख्यकको पार्टी भएको, दु;ख सुखमा सधैँ साथमा रहने भएकाले पनि जनताले माओवादीलाई भोट हाल्ने बताउँछन् । उनी वडाको शिक्षा, स्वास्थ्य तथा कृषिमा विशेष जोड दिने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्