बेलबारीका एमाले नेता ईरान राईको घरमा मध्यरातमा ढुङ्गा प्रहार


बेलबारी, २८ वैशाख । नेकपा एमाले बेलबारी नगरपालिका कमिटीका अध्यक्ष ईरान राईको घरमा अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको छ । मङ्गलवार करिब ११ : ३३ बजे राईको घरमा ढुङ्गा प्रहार भएको हो ।

राईको घरको दोस्रो तलाको उत्तरको झ्यालमा करिब आधा के.जीको ढुङ्गा प्रहार भएको छ । राई भन्छन्, सुतिरहेको थिए, कसले ढुङ्गा हानेको थाहा नै पाइन । म उठेर बाहिर निस्कँदा भागी सकेको थियो ।

राई चोटपटकबाट भने सुरक्षित छन् । राई सुतेको एक फुटको फरकमा ढुङ्गा झरेको छ । राईले प्रहरीलाई पनि उक्त घटना बारे जानकारी गराएका छन् । निर्वाचन नजिकिएसँगै घटेको यस घटनाले सुरक्षामा चुनौती बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्