आजबाट प्रदेश नं १ का सबै नाका ‘सिल’


मोरङ, २९ वैशाख । स्थानीय तह निर्वाचनका लागि नाका सिल गरिएसँगै भारतबाट नेपाल र नेपालबाट भारततर्फ आउजाउ बन्द भएको छ । प्रदेश नम्बर–१ का प्रमुख सिमानाका आजबाट‘सिल’ गरिएका हुन् ।

मालवाहक सवारीसाधनको आवागमन पनि २९ गते बिहानैबाट बन्द भएका छन् । प्रशासनले जिल्लाभर मदिराको बिक्री–वितरण, ओसारपसार र प्रयोगमा समेत रोक लगाइसकेको छ ।

इलाम, झापा मोरङ लगायतका प्रमुख जिल्ला अधिकारले सूचना प्रकाशन गर्दै जिल्लाका सबै अन्तर्राष्ट्रिय नाकाहरू मंगलबार रातिदेखि शुक्रवार राति १२ बजेसम्म बन्द गरिएको जनाएका छन् । इलामको पशुपति नगर, झापाको काकडभित्ता, विराटनगरको जोगबनी नाका बिहानैदेखि बन्द गरिएका छन् ।

भन्सार क्षेत्र भएर आउने मालवाहक सवारीसाधनको आउजाउ बन्द भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । मोरङको ६३ किलोमिटर नेपाल–भारत सीमा क्षेत्रमा २६ वटा नाका छन् । साना नाकाबाट हुने मानिसको आउजाउ समेत पूर्ण रूपमा बन्द भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्