बेलबारीमा ७०.३६ प्रतिशम खस्यो मत


बेलबारी, ३० वैशाख । बेलबारीमा ७०.३६ प्रतिशत मत खसेको छ । स्थानीय तहको निर्वाचनमामा ७०.३६ प्रतिशत मत खसेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले बताएका छन् । जम्मा ५७ हजार २ सय ९ मतमा ४० हजार २ सय ५० मत खसेको छ ।

बिहान सात बसे सुरु भएको मतदान कार्य पाँच बजे सम्पन्न भएको थियो । बेलबारीका मेयर पदका प्रत्याशी महेन्द्र प्रसाद सुवेदी र डिपी राईले बेलबारी ३ मा रहेको भगवती माविको निर्वाचन केन्द्रमा, माओवादी केन्द्रका मेयर पदका प्रत्याशी नगेन्द्र खड्काले वडा नं ९ मा रहेको काली माविबाट, एकीकृत समाजवादीका मेयर पदका प्रत्याशी भूपाल बस्नेत र राप्रपाका मेयर पदका प्रत्याशी खेम गौतमले बेलबारी २ मा रहेको कबिर माविको निर्वाचन केन्द्रबाट मतदान गरेका थिए ।

हरेक मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्तलाई सहज रूपमा मतदान दिने व्यवस्था गरिएको छ । कतिपय मतदान स्थलमा बुथ र कर्मचारीलाई मात्र नभएर मतदातालाई समेत पालके व्यवस्था गरिएको थियो । तीनै तहको सुरक्षा संयन्त्रको परिचालन गरेर मतदान स्थलको सुरक्षा व्यवस्था मजबुत पारिएको थियो ।

इलाका प्रहरी कार्यालय बेलबारी प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलाले सुरक्षाका तीनै तहका सुरक्षा संयन्त्रको परिचालन भएको, पेट्रोलिङलाई नियमित गरिएको बताएका थिए । आजै मतगणना सुरु हुने मतदान पश्चात् मतपेटिका मतगणना केन्द्रमा ल्याउने क्रममा रहेको । मतपेटिका गणना स्थलमा आइसकेपछि सर्वदलीय बैठक बसेर आजैबाट गणना सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्