इलाममा सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका केदार थापाको अग्रता


इलाम, ३१ वैशाख । इलाममा स्थानीय तह निर्वाचनको मत गणनाको प्रारम्भिक नतिजामा सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका केदार थापाले अग्रता लिएका छन् । इलाम नगरपालिका-१ साँखेजुङ्गको मत गणना हुँदा काँग्रेसका केदार थापाले १७७ मत पाउँदा एमालेका धिरेन चेम्जोङले १२१ मत पाएका छन् । इलाम नगरपालिका एमाले नेत सुवास नेम्वाङको गृह नगर हो ।

सूर्योदय नगरपालिकामा गठबन्धनका उम्मेदवार रणबहादुर राईले अग्रता लिएका छन् । उनले ८० मत पाउँदा एमालेका काजीमान कागतेले ७० मत पाएका छन् । सूर्योदय नगरपालिका सत्ता गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादीका नेता हुन् । माङसेबुङ्ग गाउँपालिकामा गठबन्धनका उम्मेदवार काँग्रेसका डिकेन्द्र इदिङ्गोको सुरुवाती अग्रता छ । चार सय मत गणना हुँदा इदिङ्गोले २५६ र एमालेका उम्मेदवार हेमन्त राईले ५८ मत पाएका छन् ।

माईजोगमाई गाउँपालिकामा एकालेका कुशबहादुर थेबेले अग्रता लिएका छन् । थेबेले २०३ मत पाउँदा गठबन्धनका उम्मेदवार जीतबहादुर राईले १६० मत पाएका छन् । इलामकै सन्दुकपुर गाउँपालिकामा पनि गठबन्धनको अग्रता कायमै छ । ५०० मत गन्दा प्रमुखतर्फ नेपाली काँग्रेसका उम्मेदवारले २३५ मत पाएका छन् । एमाले उम्मेदवारले १८२ मत ल्याएका छन् । उपाध्यक्षतर्फ एकीकृत समाजवादीका उम्मेदवारले १३७ मत प्राप्त गर्दा एमाले उम्मेदवारले १४८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्