बेलबारीमा एमालेको अग्रता कायमै


बेलबारी, ३१ वैशाख । बेलबारी नगरपालिकामा जारी वडा नं.१,२ र ११ को मत गणनामा नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेको प्रमुखमा १६५ र उपप्रमुखलाई १४६ को मतान्तरको अग्रता रहेको छ ।

निर्वाचन अधिकृतको कार्यालय बेलबारीका अनुसार हालसम्म वडा नं. १,२ र ११ बाट एमालेका प्रमुखका उम्मेदवार डि.पि राईलाई ७३३ र उपप्रमुख तिलकुमारी नेउपानेलाई ६५२ मत खसेको छ भने नेपाली काँग्रेसको प्रमुख उम्मेदवार महेन्द्र सुवेदीलाई ५६८ र उपप्रमुख नितु थापालाई ५०६ मत खसेको छ । स्वतन्त्र उम्मेदवार रुकमणी धिमालको चुनाव चिन्नमा ९० मत खसेको छ ।

माओवादी केन्द्रका उम्मेदवार नगेन्द्र खड्कालाई ३ वडाबाट १६ र उपप्रमुख नेत्रकुमारी थापालाई ३१ मत खसेको छ । जसपाका प्रमुखका उम्मेदवारलाई मिनु राईलाई ३ र उपप्रमुख अमिर मगरलाई ८ मत खसेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को कलम चुनाव चिन्नमा प्रमुखका उम्मेदवार भूपाल बस्नेतलाई र उपप्रमुखलाई ६ मत खसेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्न हलोमा प्रमुखलाई १२ र उपप्रमुखलाई १४ मत खसेको छ । मंगोल नेशनल अर्गनाइजेसनको चुनाव चिन्न भालेमा प्रमुख र उपप्रमुख दुवैलाई १२ मत खसेको छ । निर्वाचन अधिकृत कृष्ण अधिकारीका अनुसार बिहान ४ बजे देखी गणना सुरु भएको थियो । गणना सुरु भएको करिब १२ घण्टा पछि मात्र पहिलो पटक हालसम्म खसेको मत संख्या सार्वजनिक गरेको हो ।

दुई वडामा काँग्रेसको अग्रता

वडा नं. ११ मा एमालेको अग्रता रहेको छ भने १ र २ मा काँग्रेसको अग्रता रहेको छ । वडा नं.११ मा वडाध्यक्षको उम्मेदवार यामबहादुर पोखरेललाई १९७ मत खसेको छ भने काँग्रेसका विक्रम राईलाई ८९ मत मात्र खसेको छ ।

वडा नं. १ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवार मणिबहादुर पुलामी मगरलाई ४४० मत खसेको छ भने एमालेका वडाध्यक्षका उम्मेदवार चक्रबहादुर खुलाललाई ४१३ मत खसेको छ । वडा नं. २ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवार मणिसुन्दर थापालाई १०० मत खस्दा एमालेका कृष्णबहादुर गुरुङलाई ६४ मत खसेको छ ।

निर्वाचन अधिकृत कृष्ण अधिकारीका अनुसार बिहान ४ बजे देखी गणना सुरु भएको थियो । गणना सुरु भएको करिब १२ घण्टा पछि मात्र पहिलो पटक हालसम्म खसेको मत संख्या सार्वजनिक गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्