काभ्रेको नमोबुद्ध १ मा स्वतन्त्र उम्मेदवार जेब्रा चुनाव चिन्हमा विजयी


काभ्रे, १ जेठ । काभ्रेको नमोबुद्ध नगरपालिका–१ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडा नं. १ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार प्रेम लामा विजयी भएका हुन् ।

नेपाली काँग्रेसले टिकट नदिएपछि लामाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । लामालाई ५५६ मत खसेको छ भने उनका प्रतिद्वन्द्वी एमालेका निरोज पाण्डेले ४४७ र नेपाली काँग्रेसका गणबज्र लामाले २०८ मत प्राप्त गरेका छन् ।

लामाले जेब्रा चुनाव चिन्ह पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्