बेलबारी १ मा काँग्रेसको प्यानलै विजयी : अध्यक्षमा मणि बहादुर पुलामी मगर


बेलबारी, १ जेठ । बेलबारी नगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसले प्यानलै जितेको छ । काँग्रेसका वडाध्यक्षका उम्मेदवार मणि बहादुर पुलामी मगरको सिङ्गो प्यानल विजयी भएको हो ।

मगरले निकट प्रतिद्वन्द्वी एमालेका उम्मेदवार चक्र खुलाललाई २१० मतको अन्तरले पराजित गरेका छन् । मगरलाई १५८७ मत खसेको छ भने खुलाललाई १३७७ मत खसेको छ ।

जनता समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार रणबहादुर गुरुङलाई ८४ मत खसेको छ भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार विशाल कुमार थापाले ५०, राप्रपाका रामपरी साहु तेलीले २६ र मंगोल नेशनल अर्गनाइजेसनका सूरर्य कुमार इवारमले २४ मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेसका विजयी उम्मेदवार खुल्ला महिला सदस्य सन्च माया लिम्बुले १४२७, दलित महिला सदस्य हेमा देवी विश्वकर्माले १४६२, खुल्ला सदस्य चन्द्र प्रकाश बस्नेतले १३८०, खुल्ला सदस्य बाबु राम खड्काले १६३६ मत प्राप्त गरेका छन् ।

एमालेका खुल्ला महिला सदस्य विन्दु कला गुरुङले १३१६, दलित महिला सदस्य निर्मला वि.कले १२३०, खुल्ला सदस्य नवराज सुवेदीले १०९६, योगेन राईले १०८६ मत प्राप्त गरे । निर्वाचन अधिकृत कार्यालय बेलबारीले २ दिनको मतगणना पछि वडा नं. १ को कुल मत संख्या विवरण सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्