रामनगरमा २२ वर्षीय राजाबाबु यादव मेयरमा निर्वाचित


सर्लाही, २ जेठ । सर्लाहीको रामनगर नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार २२ वर्षीय राजाबाबु यादव निर्वाचित भएका छन् । उनी ४ हजार ८१ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिनन्दन प्रसाद यादवले २,३९२, नेकपा एमालेका पुरुषोत्तम प्रसाद चौधरीले १,६३४ र स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले एक हजार ६०७ मत पाएका छन् ।

उपमेयरमा नेकपा माओवादी केन्द्रकी गीता देवी ३,५२३ मतसहित निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी कोशिला साहले २,६३७ मत पाएकी छन् । त्यस्तै नेकपा एमालेकी निलम यादवले १,७३७ र लोकतान्त्रिक समाजवादी पार्टीकी वैदेही देवीले ९१७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्