रसुवाको उत्तरगया गाउँपालिकामा एमालेका अध्यक्ष, उपाध्यक्ष दुवै उम्मेदवार विजयी


रसुवा, २ जेठ । रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माधवप्रसाद अर्याल र चमेली गुरुङ निर्वाचित भएका छन् ।

अर्यालले ३,१३४ मत ल्याउँदै उनले नेपाली काँग्रेसका उम्मेदवार उपेन्द्र लम्साललाई हराएका हुन् । लम्साललाई २,५६० मत खसेको थियो ।

यसै गरी उपाध्यक्षका उम्मेदवार गुरुङलाई ३,३३४ मत खसेको थियो । उनकी निकटतम प्रतिद्वन्द्वीलाई भने काँग्रेसकी सुनितामाया गुरुङले २,४५२ मत प्राप्त गरिन ।

यो गाउँपालिकाको अध्यक्षमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसले जितेको थियो । उपाध्यक्षमा भने एमालेकी चमेली गुरुङ नै निर्वाचित भएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्