सुन्दरहरैँचा १२ मा एमालेको पुरै प्यानल विजयी : अध्यक्षमा पुनः रोशनप्रसाद ढकाल निर्वाचित


सुन्दरहरैँचा, ३ जेठ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ मा नेकपा एमालेको पुरै प्यानल विजयी भएको छ । नेपाली काँग्रेसका उम्मेदवारलाई १८३३ मतको अन्तरले एमालेबाट वडा अध्यक्षका उम्मेदवार रोशनप्रसाद ढकालसहितको टिम विजयी भएको हो ।

वडा अध्यक्षका उम्मेदवार ढकालले २४४३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुजु थापाले ६१० मत मात ल्याएकी थिइन् । विजयी हुने महिला सदस्यमा निलम थापाले १९८१, दलित महिला सदस्यमा प्रमीला आछामे सार्कीले १९४३, खुल्ला सदस्यमा कमला श्रेष्ठले १८५१ र दिलीप प्रसाद दाहालले १९३० ल्याएर विजयी भएका छन् । निर्वाचन आयोगले भने आधिकारिक घोषणा गर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्