बेलबारी ३ मा एमालेको प्यानलै विजयी : वडाध्यक्षमा योगेन्द्र सुवेदी निर्वाचित


बेलबारी, ३ जेठ । बेलबारी नगरपालिका वडा नं.३ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार योगेन्द्र सुवेदीसहितको टिम विजयी भएको हो ।

सुवेदीले १३९२ प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार रिक्त बहादुर गुरुङलाई ११५५ मत खसेको छ निर्वाचन अधिकृत कार्यालय बेलबारीका अनुसार माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार किशोर भण्डारीलाई ८५, मंगोल नेशनल अर्गनाइजेसनका टेक बहादुर राईलाई १४३, राप्रपाका राज कुमार प्रसाईँलाई १२९ मत खसेको छ ।

खुल्ला महिला सदस्यमा नेकपा एमालेका विमला तामाङले १२७२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बसन्ती मगरले ९९६ मत मात्र प्राप्त गरिन । दलित महिला सदस्यमा तारा परियार, खुल्ला सदस्यमा भोगेन्द्र राई र चन्द्र बहादुर राई निर्वाचित भएका छन् ।

उनीहरूका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार दलित महिला सदस्यमा सोनिया विश्वकर्माले ९५३ मत, खुल्ला सदस्य रितु लाल धिमालले ९२३ र नेकपा एकीकृत समाजवादीका हेमन्त गुरुङले ६८७ मत प्राप्त गरेका छन् ।
वडामा खुल्ला सदस्य चन्द्र बहादुर राईले सबै भन्दा बढी मत ल्याएका छन् । ए

मालेको निकटतम प्रतिद्वन्द्वी टिमको नेपाली काँग्रेस र नेकपा एसको गठबन्धन रहेको थियो । तर पनि मेयरका उम्मेदवार डि.पि राईलाई जारी मतगणनाको क्रममा हालसम्मकै सर्वाधिक मत झरेको छ । डि.पि राईलाई १७१७ मत झरेको छ भने नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र सुवेदीले ११०३ प्राप्त गरेका छन् । बेलबारी वडा नं.३ दुवै उम्मेदवारको गृह वडा हो ।

प्रतिक्रिया दिनुहोस्