बेलबारी ९ मा नेपाली काँग्रेसको प्यानलै विजयी : वडाध्यक्षमा शालिग्राम बस्नेत निर्वाचित


बेलबारी, ५ जेठ । बेलबारी नगरपालिका वडा नं.९ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार शालिग्राम बस्नेतसहितको टिम विजयी भएको हो ।

बस्नेत फराकिलो मत अन्तरले विजयी भएका छन् । बस्नेतले २२४४ प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वीले नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार सत्य नारायण राजवंशीले १०२१ मत प्राप्त गरेका छ ।

निर्वाचन अधिकृत कार्यालय बेलबारीका अनुसार माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार गणेश अधिकारीले ९६९, मंगोल नेशनल अर्गनाइजेसनका सुक बहादुर लुङवा तामाङले १९, जनता समाजवादी पार्टीका नवीन कुमार चौधरीले ३८ मत, राप्रपाका साङगो तामाङले १२९ मत र स्वतन्त्र उम्मेदवार तीर्थ बहादुर ढकालले ८ मत मात्र प्राप्त गरे ।

खुल्ला महिला सदस्यमा नेकपा एमालेका सिता चौधरी, दलित महिला सदस्य भक्त माया वि.क, खुल्ला सदस्यमा हर्क बहादुर धिमाल र नेत्र बहादुर राजवंशी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्