बलात्कारको आरोपमा अनेरास्वियूका केन्द्रीय सदस्य पक्राउ


काठमाडौँ, १२ कात्तिक । रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

वीएड् तेस्रो वर्षमा अध्ययनरत आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य राईलाई मङ्गलवार बिहान ६ बजे महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले पक्राउ गरेको हो ।

राईले देउसी खेल्ने बहानामा बोलाएर माकलबारीमा उनीमाथि जबरजस्तीकरणी गरेको पीडितले प्रहरीलाई बताएको छ । पीडितको किटानी जाहेरीको आधारमा राईलाई पक्राउ गरेको बौद्धका डिएसपी रमेशबहादुर सिंहले पुष्टि गरेका छन् ।

थापाथलीस्थित प्रसूति गृहमा पीडितको स्वास्थ्य परीक्षण गरिसकिएको छ । तर रिपोर्ट आउन बकी रहेको प्रहरीले जनाएको छ ।

हात बाँधेर चक्कु देखाउँदा राईले उनका आफन्तको कोठामा कोही नभएको वेला लगेर अपराह्न करिब ३ः३० बजे जबरजस्ती गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्