अर्जुनधारा घटनाको सूक्ष्म रूपमा अनुसन्धान हुनु पर्नेमा माइती पक्षको जोड


झापा, ५ जेठ । वैशाख ३१ गते अर्जुनधारा झापामा मृत अवस्थामा फेला परेकी सीता गिरीका माइत पक्षले घटनाको सूक्ष्म रूपले अनुसन्धान हुनु पर्नेमा जोड दिएका छन् । पोस्टमार्टमको रिपोर्ट आउन ढिलाइ भइरहेको सन्दर्भमा पीडकले उन्मुक्ति पाउने र कतै पीडितले न्याय नपाउने हुन् कि भन्ने आशङ्का उब्जिरहेको बेलामा माइती पक्षले प्रहरी प्रशासनसँगको भेटमा घटनाको सूक्ष्म अध्ययन हुनु पर्नेमा जोड दिएका हुन् ।

हिजो जेठ ३ गते माइती पक्षकाले शनिश्चरेमा रहेको प्रहरी चौकीमा पुगेर पोस्टमार्टम रिपोर्ट चाँडो झिकाइदिन र घटनाको सूक्ष्म अनुसन्धान गर्न अनुरोध गरेका थिए । अनुसन्धानमा ढिलाइ भएको पनि माइती पक्षको आरोप रहेको छ । उता डिएस पी रुगम बहादुर कुँवर भने शरीरमा कुनै चोट पटक नदेखिएका, लासको प्रकृति हेर्दा बिस सेवन गरेर आत्महत्या गरेको देखिएले पोस्टमार्टम रिपोर्ट पर्खनु पर्ने बताउँछन् ।

पीडित पक्षले चाँडो सत्य तथ्य बाहिर आवोस भन्ने चाहना राख्नु स्वाभाविकै भएको बताउँदै प्रहरीले अनुसन्धान गरिरहेको पनि उनी बताउँछन् । आठराई २ खाम्लालुङ, तेह्रथुम माइती घर भएकी मृतक सिताको अर्जुनधारा ४ मदनपुर निवासी सन्तोष गिरीसँग २०६९ माघ २९ गते विवाह भएको थियो । उनीहरूका पाँच वर्षीय छोरा रहेका छन् ।

३३ वर्षीय सीता गिरीका नामले चिनिने प्रशना गिरी सोही वडामा रहेको टाङटिङ खोलामा शनिवार मृत अवस्थामा फेला परेकी थिइन् । सिताको घरदेखि पश्चिममा रहेको टाङटिङ खोलाको पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो । उनेको लासलाई चारो खोज्ने क्रममा स्थानीयले देखेर परिवारलाई खबर गरेको बत्ताइएको छ ।

स्थानीय डम्बर राई आफूले सुँगुरको चारो खोज्ने क्रममा लास देखेर खबर गरेको बताएका छन् । बिस सेवन गरेको आशङ्का गरिए पनि आफ्नी बहिनीले बिस सेवन गर्नु पर्ने कुनै कारण नभएको मृतकका काइँला दाजु विनोद गिरी बताउँछन् । बिस सेवन गरे जस्तो देखाउन योजनाका साथ बहिनीको हत्या गरेर फालिएको विनोद बताउँछन् । मृतकका माइला दाजु भीष्म गिरी लासको प्रकृति हेर्दा आत्महत्या गरेको मान्न नसकिने बताउँछन् ।

आत्महत्या नभएर बहिनीको हत्या गरेर पानीमा फालिएको भीष्म बताउँछन् । लासलाई पानीमा फालिनुले पनि झन् घटना रहस्यमय भएको उनेका बुझाइ रहेको छ । मृतक सीताले आमालाई केही छिनमा पुनः कल गर्ने बताएकी थिइन् स् मृतक सीताले ३० गते दिउसो ४ : ३० तिर मात्र आठराई २ खाम्लालुङ, तेह्रमुमा रहेकी आमासँग फोनमार्फत गफ गरेकी थिइन् ।

त्यस बेला छोरीले हाँसाहाँसी बोलेको, उसको अनुहारमा त्यस्तो निराशाको कुनै भाव नदेखिएको मृतकी आमा मदनदेवी बताउँछिन् । उसले ४ : ३० तिरको समय थियो । भोट दिएर आएको घरमा कोही छैनन्, बाख्रा बस्तु भोकले मरे होलान्, भरे गफ गर्छु है आमा भनेर फोन काटेकी थिई, यस्तो खवुर सुन्नु पर्योू मृतकी आमाले आँसु झार्दै भनिन् । उनी छोरीले आत्महत्या गरेको मान्न तयार छैनन् । आफै बिस सेवन गरेर आत्म हत्याजस्तो देखाउन हत्या गरेर बिस खुवाएको आमा मदनदेवीको अनुमान रहेको छ ।

मृतकका कान्छा भाइ रोशन गिरी यो आत्महत्या नभएर सरासर हत्या भएको दाबी गर्छन् । घटनको भोलिपल्टै आठराईबाट मदनपुर आएका कान्छा भाइ रोशन भन्छन् ‘दिदीले आत्महत्या गर्नु पर्ने कुनै कारण नै छैन । केही कारण भएको भए हामीलाई भन्ने थिइन् । यो सरासर आत्महत्या नभएर सरासर हत्या नै हो ।’ बिहान ५ बजे हराएकी भनिए पनि घरबाट निस्केको कसैले पनि नदेख्नु, परिवारकै सदस्यले पाँच बजे हराएको सूचना सामाजिक सञ्जालमा पोस्ट गरिनु, केही समय पछि सम्पादन गरेर हराएको समय हटाइनु र लास भेटिनसाथ उक्त पोस्ट हटाइएको विषयलाई पनि माइती पक्षले शंकाको घेरामा लिएका छन् ।

पाँच बजेतिर हराई भन्नू, घरबाट निस्केको कसैले पनि नदेख्नु, शरीरमा कुनै चोटपटक नदेखिनु, पानीमा लास भेटिनु, बिस सेवन गरेर मरेको जस्तो देखिए पनि मर्ने बेलामा कुनै बल गरेको जस्तो नदेखिनुले पनि घटना थप शङ्कास्पद भएको सङ्केत गर्ने माइती पक्षको बुझाइ रहेको छ । मृतकका श्रीमान् सन्तोष गिरी आफू बेलुका सुत्न आउँदा श्रीमती नानी लिएर सुतिरहेको तर बिहान कति बजे घरबाट बाहिर निस्किन भनेर थाहा नभएको बताएका छन् । उता मृतकको ससुराले पनि आफ्नी बुहारीले आत्म हत्या गरेको नभएर उनेका हत्या भएको हुनसक्ने भन्दै प्रहरीमा जाएरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्